चोरी गरी ल्याएको सुन र नगदसहित चार पक्राउ

| 2019 Jun 14 | 12:51 pm 1287

कैलाली, जेठ ३१:  विभिन्न स्थानबाट चोरी गरी ल्याएका सुनका गहना र नगदसहित चार युवालाई प्रहरीले पक्राउ गरेको छ । चोरी गरेर ल्याएको सुन र नेपालीसहित विभिन्न देशको मुद्राको साथ प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका ४ का ३८ वर्षीय मानबहादुर कार्की, सोही स्थानका वडा नम्बर ५ का ४३ बर्षीय सन्तोष भट्टराई, कैलाली गौरीगंगा नगरपालिका– ८ का २१ बर्षीय कुमार भुल र गोदावरी नगरपालिका ७ का २८ बर्षीय योगेन्द्र बिक रहेका छन् ।

शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि कैलाली प्रहरीले गहन र नगदसहित पक्राउ परेकालाई सार्वजनिक गरेको हो ।

भारतबाट पुनम मलोत्राको घरबाट सुन र हिराका गरगहना र नगद चोरी गरेको भन्ने विशेष सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको कैलाली प्रहरी प्रमुक प्रहरी उपरीक्षक सुदिप गिरीले जानकारी दिए ।

सुनधनी स्वयम् आफैँ नेपाल आएर प्रहरीलाई उजुरी गरेपछि चोरीमा संलग्नहरुलाई विभिन्न स्थाबाट पक्राउ गरिएको गिरीले बताए । चोरीमा संलग्न केही व्यक्ती फरार रहेको पनि प्रहरीले जनाएको छ।

प्रहरी उपरीक्षक गिरीले दिएको जानकारी अनुसार पक्राउ परेका उनीहरु यसअघि पनि भारतका विभिन्न स्थानमा चोरी गरेर फरार रहेको जानकारी दिए । भारतको पंजाबमा मात्रै एक महिनाको अवधिमा तीन घरमा चोरी भएको खबर प्रहरीलाई आएको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.