चट्याङ लागेर बाँकेको पाँच जना घाइते, एक बंगुरको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jan 03 | 09:50 am 1731

बाँके, पुस १८: मौसममा बदली भएर चिसो बढीरहेको बेला आकस्मत चट्याङ लागेर बाँकेमा पाँच जना घाइते भएका छन्।

शुक्रवार विहान नेपालगन्ज उपमहानगरपालिका–१३, महापुर्वाका गुरुदीन खटिकको घरमा करिव ४ बजेतिर चट्याङ लागेर उनीसहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जाकारी दिएको छ।

घाइते भएका सवैको भेरी अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य भएको अस्पताललाई उदृध गर्दै प्रहरीले जनाएको छ।

उक्त चट्याङ लागेर खटिकको एउटा बंगुर मरेको बाँके प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.