चक्कु देखाएर लुटिएको रकमका लुटेरालाई प्रहरीले खोज्दै

रिपोर्ट नेपाल | 2018 Jul 31 | 07:41 pm 1288

भक्तपुर, साउन १५ : काठमाडौंसँग जोडीएको भक्तपुरमा पछिल्लो समय चोरीका घटना तिब्र गतिमा भइरहेका छन् । चोरले चोरी गर्दै जाने प्रहरीले अनुसन्धान र खोजी हुँदैछ भन्ने जवाफले आजित बनेका भक्तपुर बासिका लागि प्रहरीको अनुसन्धान र सुरक्षा फितलो भएको महसुस गर्न थालेका छन् ।

आज मात्रै भक्तपुर नगरपालिका–८ ल्यासिंखेल चुपिनघाटस्थित मोटरसाईकलमा आएका दुई अज्ञात व्यक्तिहरूले चाँगुनारायण नगरपालिका–६ नगरकोट फेदीका ५४ वर्षीय पर्शुराम बजगार्इंलाई चक्कु देखाएर रकम लुटेका छन् ।

बजगाईंले घरबाट ल्याएको ४ लाख र कमलविनायक स्थित नेपाल बैंक लिमिटेड शाखाबाट झिकेको २ लाख रुपैयाँ गरी ६ लाख रुपैयाँ लुटिएको पिडीतले भक्तपुर परीसरका प्रमुख एसपी हिमालयकुमार श्रेष्ठसँग आफ्नो ब्यथा सुनाएका छन् ।

परीसर प्रमुख हिमालय श्रेष्ठले चोरी भएको रकम बारे लुटेराको खोजी भइरहेको जनाएता पनि यो समाचार तयार पार्दासम्म लुटेराको कुनै सुइको पाएको अवस्था छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.