गौतमलाई डेङगु संक्रमण नरहेको सचिवालयको पुष्टि

रिपोर्ट नेपाल | 2019 Sep 10 | 07:16 pm 1514

काठमाडौं, भदौं  २४ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ‘प्रस्तावित’ उपाध्यक्ष वामदेव गौतमलाई डेङ्गु संक्रमण भएको आशंका गरिए पनि सामान्य रुगाखोकी मात्र भएको उनको सचिवालयले जनाएको छ ।

अपाध्यक्ष गौतमका निजी सहयोगी दिपक तामाङले सामाजिक सञ्चाल र समाचारमा आए जस्तो डेङगु संक्रमण नभएको जानकारी दिए ।

उनले आफ्नो फेसबुक वालमा अस्पतालको रिपोर्ट राखेर लेखेका छन्, ‘कमरेड बामदेव गौतम सामान्य रुगाखोकीका कारण आराम गरिराख्नु भएको छ । सामाजिक सञ्जाल र समाचारमा आए जस्तो डेङ्गु संक्रमण नभएको जानकारी गराउछु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.