गुल्मेली गाहामगर यूकेकाे अध्यक्ष

| 2021 Aug 07 | 12:01 pm 3529

लण्डन, साउन २३ः एनआरएनए यूकेकाे अध्यक्षमा बक्सिङ खेलाडी प्रेम गाहामगर अत्यधिक मतले विजयी भएका छन्। एनआरएनए यूकेमा भएको अनलाइन मतदानमा उनले अध्यक्षका प्रत्यासी दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई आधा मतकाे अन्तरले पराजित गरेका हुन्। नव निर्वाचित मगर गुल्मी जिल्लाकाे सदरमुकाम तमघास निवासी हुन् ।

निर्वाचन समितिले पत्रकार सम्मेलन गरी निर्वाचित कार्यसमितिकाे घोषणा गरेको हो । घाेषित नतिजा अनुसार अध्यक्षमा निर्वाचित गाहामगरले ४ हजार ५ सय ७४ मत पाएका थिए भने अर्का दुइ प्रत्यासी श्रेष्ठ र प्रधानले क्रमश: २ हजार १ सय ९१ र २ हजार १ सय ४८ मत प्राप्त गरेका थिए।

त्यसै गरी एनसीसी यूकेको २ उपाध्यक्षमा सुनिलबाबु खड्का ४ हजार १ सय ६९  र गोविन्द खरेल ३ हजार ६ सय ६५ मतसहित विजयी भएका छन् ।

सोही पदका अन्य प्रत्यासीहरु पवन शर्माले २ हजार ३ सय ६४ मत पाएका थिए भने अर्का प्रत्यासी तेजेन्द्र रोकाले १ हजार ४ सय ३५ र अमन गौचनले ९ सय २५ मत मात्र पाएका थिए ।

महिला उपाध्यक्षमा शकुन्तला गुरुङ ३ हजार ७ सय ४३ मत ल्याएर विजयीकाे माला पहिरिन भने उनका दुई प्रतिस्पर्धी सरस्वती केसी २ हजार १ सय ५२ मत र प्रसुना कंडेलले २ हजार ४ सय ६९ मत प्राप्त गरे ।

नर्दन आयरल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा नारायण कडेल ४ हजार ४ सय ९५  मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नारायण कुँवरले २ हजार ७ सय ४८  मत मात्र पाए । एनसीसी उपाध्यक्षमा स्कटल्यान्डबाट मोहन कार्कीले ४ हजार ५ सय ९५ मत ल्याएर विजयी हुन सफल भएका छन् भने उनका प्रतिस्पर्धी छबिलाल अर्यालले २ हजार ९ सय ९ मत पाएका थिए।

एनआरएनए यूके महासचिवमा खुशी लिम्बू ३ हजार ७ सय ४७ मतसहित विजयी भएका छन् । उनीसंगै प्रतिस्पर्धामा रहेका जीत रानाभाटले २ हजार ६ सय ३९  र डा मुकुन्द बास्तोलाले  २ हजार ३ सय २५ मत ल्याएका थिए।

२ सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले तथा महिला सचिवमा नम्रता घले गुरुङ विजयी भए भने कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा सशांक शर्माले जीत हात पारेका छन् । युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बू विजयी भए ।

कार्यसमिति सदस्यमा सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल  र बालकृष्ण दाहाल उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही,  इन्दिरा खनिया, हिरा (दीपक)  विजयी भए। अध्यक्षसहित कार्यसमितिका सबै पदमा गाहामगरकै समूह विजयी भएको छ ।

एनआरएनए इंग्ल्यान्ड राज्य परिषदमा एलबीजेड गुरुङ र स्कटल्यान्डमा काशिराम भन्डारी अध्यक्ष विजयी भएका छन् ।

इंग्ल्यान्डको अध्यक्षमा विजयी गुरुङले ३ हजार ६ सय २३ मत पाए भने प्रतिद्वन्दी डा मीन रानाभाटको ३ हजार १ सय ४१ मत आयो । परिषदको उपाध्यक्षमा भक्त दर्जी, सचिवमा रामप्रसाद पन्थी र कोषाध्यक्षमा सचिन भट्टराई विजयी भए ।

त्यस्तै, स्कटल्यान्ड राज्य परिषदमा काशिराम भन्डारी ५ सय २२ मतसहित विजयी भएका छन् भने उनका प्रतिस्पर्धी  दिवाकर पाण्डेले २ सय ५० मत मात्र ल्याए ।

त्यसैगरी स्कटल्यान्ड परिषदको उपाध्यक्षमा उज्वल कार्की, सचिवमा मनिष खत्री, सहसचिवमा यशोदा सुमी भन्डारी र कोषाध्यक्षमा शर्मिला भन्डारी, सहकोषाध्यक्षमा प्रजापति शर्मा विजयी भएका छन् । सदस्यमा बलिभद्र अमै, कमला श्रेष्ठ, कृष्ण देवकोटा र टिकाराम खराल विजयी भएका छन् । वेल्स र नर्दन आयरल्यान्डमा यसअघि नै निर्विरोध भएको थियो।

निर्वाचन समितिका प्रमुख आयुक्त महेन्द्रराज कँडेलको अध्यक्षतामा घोषणा कार्यक्रम भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य निर्वाचन समितिका सदस्य सुवसि‌ंह गुरुङले गरेका थिए । निर्वाचन समितिमा सोलिसिटर राजु थापा, दयानिधि सापकोटा, पशुपति भण्डारी, सुवसिंह गुरुङ सदस्य रहेका थिए भने कर्णबहादुर शाही सदस्य सचिव रहेका थिए ।

मतपरिणाम सार्वजनिक भएपछि अध्यक्ष गाहाले आफूलाई मतदान दिने सबै मतदाताहरु तथा निर्वाचन अधिकृत महेन्द्रराज कंडेल सहितको निर्वाचन मण्डल टिमलाई धन्यवाद व्यक्त गरे । आफ्नो चुनावी अभियानमा साथ दिने र आफूसँग चुनावी मैदानमा उठेका सबैको माग सम्बोधन गर्दै धाँधलीरहित र संस्थागत एनआरएनए बनाउने अभियानमा आफू लाग्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.