गुल्मीमा भारतबाट आएका एक जनाको मृत्यु

| 2020 Mar 25 | 10:50 am 1617

गुल्मी, चैत १२: रोजगारीका सिलसिलामा भारतबाट केही दिन अघि मात्र घर आएका गुल्मी घमिरका एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मालिका गाउँपालिका वडा नम्वर–७, साविक घमिर गाविस वेदथलाका ६३ बर्षीय केयरसिंह बिश्वकर्मा रहेका छन् ।

उनको भारतबाट घर आएको दशौं दिनमा मृत्यु भएको बुझिएको छ ।

दमको रोगले बिरामी परेर घर आएका उनलाई कोरोना भाइरसको संक्रमण हुनसक्ने आशंका गरिएको भए पनि उनी लामो सयमदेखि दमले थलिएका र त्यसको कारण उनको मृत्यु भएको वडाध्यक्ष वेदप्रसाद पन्थीले बताए ।

उनलाई कोराना भाइरसको संक्रमण नभएको र ज्वरो समेत नआएकाले उनको दमको व्यथाले नै मृत्यु भएको वडाध्यक्ष पन्थीले जानकारी दिए ।

घमिरको भिरवारीको एउटा टोलामा मात्रै ५ जना भारतबाट आएका छन् । बाहिरबाट आउनेहरुलाई राख्ने ब्यवस्था गर्न आइसोलेनका लागि बेडहरु नभएर समस्या आएको मालिका गाउँपालिका प्रबक्ता तथा वडा नम्वर ६ का वडाध्यक्ष शोभाखर गिरिले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.