गायक प्रेमराजा महत दम्पतीलाई कोरोना संक्रमण

| 2020 Aug 08 | 07:37 am 1117

एजेन्सी, साउन २४ः वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत रहेका महतले आफू र श्रीमतीलाई कोरोना सक्रमणले आक्रमण गरेको उल्लेख गरेका छन् ।

सामाजिक सन्जाल मार्फत आफु र श्रीमती नै कोरोनाका सिकार भएको सामाजिक सन्जाल मार्फत जानकारी गराएका हुन् ।

उनले ध्यान राख्दाराख्दै दुर्भाग्यबस कोरोना संक्रमण हुनबाट जोगिन नसकेको उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.