खाेलामा डुबेर एक युवक बेपत्ता

रिपोर्ट नेपाल | 2019 Jun 15 | 04:30 pm 983

संखुवासभा, जेठ ३२:  जिल्लास्थित रहेकाे सभाखोलामा पौडी खेल्नेक्रममा एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा चैनपुर नगरपालिका ११ का १७ वर्षीय सहदेव राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी मिमबहादुर लालले दिएकाे जानकारी अनुसार साथीसँग पौडी खेल्न गएका राई बेपत्ता भएको बताए । उनी अन्य चारजना साथीसँग पौडी खेल्न गएका थिए। उनको खोजी भइरहेको डीएसपी लालले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.