कालो हिरण प्रकरणमा सैफ अलि खान सोनाली बेन्द्रे र नीलम फस्न सक्ने

रिपोर्ट नेपाल | 2019 Jan 31 | 05:09 pm 1472

एजेन्सी, माघ १७ : बलिउड अभिनेता सैफ अलि खान, सोनाली बेन्द्रे, नीलम, तब्बु र दुष्यन्त सिंहलाई २० वर्षअघिको कालो हिरण शिकार प्रकरणले फेरि अफट्यारोमा पार्ने देखिएको छ। ग्रामीण अदालतले सफाई दिएपछि त्यसको विरोधमा हाई कोर्टमा मुद्दा परेको थियो। सोही विषयमा सुनुवाई भएको छ।

राज्य सरकारले दर्ता गरेको अपीलमा सुनुवाई गर्दै हाई कोर्टले सरकारलाई सेक्सन ५ को प्रार्थना पत्र पेश गर्न २८ फेब्रुअरीसम्मको समय दिएको छ।

ग्रामिण अदालतले गत वर्ष उनीहरुलाई कालो हरिण शिकार प्रकरणमा छुटकारा दिएको थियो। अभिनेता सलमान खानलाई भने ५ वर्षको सजाए सुनाइएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.