कटुवा पेस्तोल सहित मिया पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 23 | 05:37 pm 2069

कपिलवस्तु, चैत ९ : शिबराज नगरपालिका–४ चनईका २५ वर्षीय रिजवान अलि मियालाई नल कटुवा पेस्तोल १ थान र खाली म्याग्जिन १ थान सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा हातहतियार लुकाई छिपाई राखेको छ भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियार सहित फेला पारी पक्राउ गरेको हो । यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.