कक्षा ११ को बोर्ड परीक्षा पनि नहुने

| 2020 Jul 05 | 01:40 pm 1091

काठमाडौं, असार २१ः यस वर्ष कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने भएको छ ।

परीक्षा वैशाख २१ गतेबाट गर्ने तय गरिएको थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण परीक्षा स्थगित भएको थियो । अब यसलाई पनि आन्तरिक मूल्यांकनबाट विद्यार्थीहरुलाई प्रमाणपत्र दिइने बताइएको छ ।

विद्यार्थीहरुको आन्तरिम मूल्यांकन कसरी गर्ने भनेर कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ । कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।

यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.