ओमानमा नेपालको पहिलो हार : आयरल्यान्डसँग १३ रनले पराजित

रिपोर्ट नेपाल | 2019 Oct 09 | 03:34 pm 1900

काठमाडौँ, २२ असोज : नेपाल ओमानमा भइरहेको पाँच राष्ट्र सम्मिलित ट्वान्टी २० प्रतियोगितामा बुधबार आयरल्यान्डसँग १३ रनले पराजित भएको छ । लगातार दुई खेल जितेको नेपालको यो प्रतियोगिता पहिलो हार हो ।

जितका लागि १ सय ४६ रन पछ्याइरहेको नेपाल १९.५ ओभरमा १ सय ३२ रन बनाएर अलआउट भयो । नेपालका लागि आरिफ सेखले २६ र कप्तान पारस खड्काले २५ रन बनाए । नेपाललाई जितका लागि अन्तिम ओभरमा २५ रन चाहिएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले ८ विकेटमा १ सय ४५ रन बनाएको थियो । त्यसमा प्रारम्भिक ब्याट्सम्यान पउल स्टर्लिङले ४७ बलमा ५९ रन बनाए । त्यस्तै एन्डी बलबिरनीले ३८ र स्टुवार्ट थमसनले २१ रन बनाए ।

नेपाली बलरमध्ये सन्दीप लामिछाने र अभिनास बोहराले दुई दुई विकेट लिए । नेपालको तीन खेलबाट चार अंक छ र पाँच देशमध्ये तेस्रो स्थामा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.