ऐन महरको चयनपछि अखिलमा उत्साह

| 2019 May 20 | 12:20 pm 1969

काठमाडौं, जेठ ६: तत्कालनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएको वर्ष दिनसम्म भातृ संगठनको एकता नहुँदा नेकपाको जगका रुपमा रहेको विद्यार्थी संगठन सिथिल अवस्थामा पुगेको थियो ।

दुई पार्टीबीचको एकतापछि भातृ संगठनमा सबै भन्दा महत्वपूर्ण मानिने अनेरास्ववियु कस्को पोल्टामा पर्ला र कस्तो नेतृत्व आउला भन्ने चिन्ता विद्यार्थीले लिइरहेको बेला नेकपाको सचिवालय बैठकले ऐन महरलाई अध्यक्षको जिम्मेवारी सुम्पीएको छ ।

विद्यार्थी माझ लोकप्रिय महरलाई अध्यक्षका रुपमा पाएपछि नेकपाका विद्यार्थीहरुबीच हौसला र उत्साह बढेको आरआरमा अध्ययनरत एक विद्यार्थीले बताए । २०६२/२०६३ को ऐतिहासिक आन्दोलनमा सकृय महर नविना लामाको कमिटिमा समेत लोकप्रिय नेताका रुपमा परिचित थिए ।

विद्यार्थीलाई दार्शनिक किसिमले प्रभावमा पार्न सक्ने महरले विद्यार्थी संगठन हाँक्ने भएपछि हरेक क्याम्पसमा उनको विषयमा चर्चा हुन थालेको छ । संगठन गर्न र सबैलाई मिलाएर लैजान सक्ने नेताका रुपमा अखिल भित्र उनको चर्चा हुने गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.