ऐतिहासिक रानीमहल माथिको आक्रमण मान्य नहुने पाल्पाली वुद्दिजिबिको उद्घोष

| 2021 Feb 23 | 09:31 am 2533

पाल्पा फागुन ११: आज भन्दा एकसय बिस बर्ष अघि तत्कालिन जनरल खड्गशमशेरले आफ्नी कान्छी रानी तेज कुमारीको निधन पछि प्रेमको प्रतिक स्वरुप निर्माण गरेको नेपालको ताजमहल भनेर चिनिने अमर प्रेमको निसानी पाल्पा कालीगण्डकी किनारामा अवस्थित रानीमहलको विषयलाई लिएर पछिल्लो समय चर्काे बहस र चर्चा हुन थालेको छ । बिक्रम सम्बत १९५० शिलान्यास भई चार बर्षमा दरबार मन्दिर पाटीपौवासहित निर्माण कार्य पुरा भएको ऐतिहासिक स्थलमा हालैका दिनमा पर्यटकीय गतिविधि बढेको र पाल्पा मात्र नभई समग्र राष्ट्रकै पहिचानसँग जोडिएको ऐतिहासिक र पुरातात्विक सम्पदाको प्रयोगका सम्बन्धमा नेपाल पर्यटन बोर्डले हेरिटेज होटल बनाउन सरकारलार्ई प्रस्ताव गरेपछि स्थानीय सरोकारवालाले बहस अघि बढाउनुका साथै यसको विरोध गर्न थालेका छन ।

एघार रोपनी क्षेत्रफलमा फैलिएको महलमा २४ वटा कोठा रहेका छन भने पहल परिसरमा बगैचा, शिवालय, पानि पोखरी लगायत कलाकृति रहेका छन। यस्तो ऎतिहसिक स्थललाई नेपाल पर्यटन बोर्डले रानीमहलको उपयोग, संरक्षण र पर्यटन विस्तारका लागि हेरिटेज होटल, म्युजियम लगायत गण्डकीको किनारमा टेन्ट क्याम्प बनाउन सकिने गरी यसलाई व्यावसायिक ढंगले समेत उपयोग गर्ने गरी सरकारसमक्ष प्रस्ताव गरेपछि स्थानियबासि आक्रोसित भएका छन।

पश्चिमी कलाशैलिमा रहेको रानीमहल दरबारको बाँयातर्फ शितलपाटि दरबार परिसरमा फोहोराका लागि कुँदिएका ढुंगाले निर्मित दुई वटा पोखरी दाहिने तर्फ पहरा दिने स्थल रहेको यो रमणीय ठाँउलाइ नेपाल पर्यटन बोर्डले गरेको प्रस्तावलाई पाल्पाली समुदायले विरोध जनाएका छन। उनीहरुको भनाइमा ऐतिहासिक तथा पुरातात्विक सम्पदामाथि हस्तक्षेप हुन लागेकाले यसको विरोध गर्नु पर्दछ किनकि यो ऐतिहासिक धरोहर हो ।

महत्वपूर्ण कलाकृति र भव्यताका साथै इतिहाससँग साक्षात्कारसमेत गर्न सकिने यो सम्पदा यसरी अन्य प्रयोजनका लागि र व्यावसायिक बनाइँदा यसको महत्वमाथि नै प्रश्नचिह्न खडा हुने पाल्पालीको भनाइ छ । लालदरबार, शंकर होटल वा राजपूतनाको दरबार नभएकाले यसो गर्न उचित नहुने तर्क स्थानिय वासीको छ।

पाल्पामा रहेका बुद्दिजिबि, प्राध्यापक,राजनितिकदलका नेता, समाजसेबी होटल तथा रेस्टुरेन्ट व्यवसायी संचालकहरु पनि पर्यटकीय गन्तव्य रानीमहललाई केन्द्र बनाएर पाल्पामा होटल खोल्न सकिने तर रानीमहलमै होटल सञ्चालन गर्न नहुने बताउछन। इतिहासविद् निर्मल श्रेष्ठको भनाइमा ‘रानीमहलमा म्युजियम बनाउन सकिन्छ तर होटल बनाउन सकिन्न । तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीको भनाइमा पुरातत्व विभागबाट तानसेन नगरपालिकाका स्वामित्वमा रानीमहल आएपछि नगरले रानीमहल संरक्षण र उपयोग सम्बन्धमा विस्तृत परियोजना निर्माणगरेको बताउछन । मेयर शाहीका अनुसार नगरपालिकाले सार्वजनिक निजी साझेदारीअन्तर्गत जाने भनेर निर्णय गरिसकेको रानीमहलको पर्यटकीय आकर्षणका लागि विभिन्न योजना बनाउने र परिसरसँगको जोडिएको २ सय रोपनी जग्गामा रानीमहललाई असर नपर्ने गरी न्यु क्लासिकल शैलीका होटलहरु बनाउन सकिने प्रस्ताव गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.