एपीएफ टोलीद्वारा लागूऔषधसहित एक पक्राउ

| 2020 May 30 | 05:58 pm 1212

सर्लाही, जेठ १७ः जिल्लाको बिष्णु गाँउपालिका ६ सिमराबाट शनिबार एपीएफ टोलीले एक्सीप्लोन नामक ६ बोतल लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही जिल्लाको मलंगवा नगरपालिका ४ का २७ बर्षीय फैईज आलम रहेका छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण सर्लाहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

ज ३ प ५७६ नम्बरको मोटरसाइकलमा सवार आलमलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.