एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद 

| 2021 Feb 01 | 09:44 pm 4745

रुपन्देही, माघ १९ः जिल्लाको सिद्धार्थनगर नगरपालिका ११ भुजौलीबाट एपीएफ टोलीले करीब दुई लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको १० थान  मोबाइल सेट बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त मोबाइल सेट सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद मोबाइल सेट स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ गण सिरहाबाट खटिएको एपएिफ टोलीले साेमबार करीब एक लाख रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान बरामद गरेको छ ।

भन्सार छली ल्याउँदै गरेको उक्त सामान सिरहा जिल्लाको भगवानपुर गाँउपालिका ३ अभयनगरस्थित सीमा ईलाकाबाट बरामद गरिएको हो ।
एपीएफ टोलीले बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

लागूऔषधसहित एक पक्राउ
बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १५ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले नाईट्रोभेट ट्याब्लेट ३३ पत्ता र गाँजा ५० ग्रामसहित
सोही नगरपालिका ३ बस्ने २२ बर्षीय कौशल हरिजनलाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जमुनाहबाट खटिएको एपीएफ टोलीले निज हरिजनलाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज हरिजनलाई एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.