एपीएफ टोलीद्वारा अवैध लागूऔषधसहित २ जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Aug 01 | 09:22 pm 1447

सर्लाही, साउन १७ः जिल्लाको बरहथवा नगरपालिका ९ स्थित नहर ईलाकाबाट एपीएफ टोलीले वालरेस नामक ६० बोतल लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको बिष्णु गाँउपालिका ८ बतौलका ३८ बर्षीय पप्पु यादव र भारतको सितामढी सोनबर्षा घर बताउने ३६ बर्षीय सुचिन्दर साह रहेका छन् ।

उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस धरहराबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

एपीएफ टोलीद्वारा अवैध मोबाईल सेट बरामद

पश्चिम नवलपरासीको प्रतापपुर गाँउपालिका ५ बसैयाबाट  एपीएफ टोलीले करीब तीन लाख रुपैयाँ बराबरको चोरीपैठारीको मोबाईल सेट बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भैरमपुरबाट खटिएको एपीएफ टोलीले उक्त मोबाईल सेट बरामद गरेको हो ।

भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको विभिन्न कम्पनीको २९ वटा मोबाईल सेट बरामद गरेको एपीएफ प्रहरीले जानकारी दिएको छ ।

बरामद मोर्बाइल सेट भन्सार कार्यालय महेशपुरमा बुझाइएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.