उपसभामुख तुम्बाहाम्फेले दिइन् पदबाट राजीनामा

रिपोर्ट नेपाल | 2020 Jan 20 | 02:27 pm 555

काठमाडौं, माघ ६ : उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आज (सोमबार) पदबाट राजीनामा दिएकी छन् ।

सोमबार बसेको संसद बैठकलाई सम्बोधन गर्दै उपसभामुख तुम्बाहाम्फेले पदबाट राजीनामा दिएकी हुन् । उनले सोमबार बसेको संसद बैठकमा सभामुख चयन प्रक्रिया सहज बनाउनका लागि आफूले राजीनामा दिएर मार्गप्रशस्त गरेको घोषणा गरेकी छन् ।

छोटो समय सम्बोधन गरेकी उपसभामुख तुम्बाहाङफेले प्रतिनिधि सभाको सभामुख पद अप्रत्यासित र अस्वभाविक कारणले रिक्त रहेको र सभामुख नहुँदा जटिलता थपिएको बारेमा जानकार रहेको भन्दै संसदको ठूलो दलले सभामुखमा दावा गरेकाले आफूले सहजीकरण गरेको बताएकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.