इरानमा १ सय ८० यात्रु सवार विमान दुर्घटना

रिपोर्ट नेपाल | 2020 Jan 08 | 10:22 am 1691

काठमाडौं, (एजेन्सी) इरानमा १ सय ८० यात्रु सवार बोइङ ७३७ विमान दुर्घटना भएको छ । युक्रेनी विमान बुधबार बिहान इरानको राजधानी तेहरान नजिक दुर्घटना भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएको हो ।

तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको बताइएको छ ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी नै रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.