इटहरीको सूर्य कम्प्लेक्स भवनमा आगलागी

रिपोर्ट नेपाल | 2019 Dec 08 | 08:41 am 1028

सुनसरी, मंसिर २२: गएराति इटहरी चोकस्थित रहेको सूर्य कम्प्लेक्स भवनमा आगलागी भएको छ ।

राति करिब १२ बजेबाट सुरु भएको आगलागी आइतबार बिहान करिब ४ बजे नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिए ।

सूर्य कम्प्लेक्सको पाँचौ तलामा रहेको विग बार रेष्टुरेन्टबाट सुरु भएको आगो अन्य पसलमा पनि फैलिएको थियो ।

अहिलेसम्म आगलागीको क्षतिको विवरण आइनसकेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले बताए ।

रेष्टुरेण्ट सञ्चालक किरण बुढाथोकीका अनुसार करिब २ करोड ५० लाख भन्दा बढीको क्षति भएको बताए ।
आगो नियन्त्रणका लागि इटहरी, विराटनगर, धरान, इनरुवा, सुन्दरहरैचालगायत स्थानका नौवटा दमकल प्रयोग गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.