असार १ गतेबाट पठन पाठन सुचारु गर्न शिक्षा मन्त्रालयकाे आह्वान

रिपोर्ट नेपाल | 2020 May 31 | 07:57 pm 1096

काठमाडौं, जेठ १८ः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी असार १ गतेबाट पठन सुचारु गर्न सबै संघ, प्रदेश तथा स्थानीय तहलाई आह्वान गरेको छ ।

शिक्षा  विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले आइतबार विज्ञप्ति जारी गर्दै लामो समयसम्म पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्युनीकरण गर्न अपरिहार्य रहेको भन्दै विद्यालय जाने उमेर समूहका बालबालिकाको नियमित पठान पाठनको सहज अवस्था सिर्जना गर्न दुर तथा खुल्ला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट सिकाइमा सहजीकरण गर्न हालै मन्त्रालयले वैैकल्पिक प्रणालीबाट सिकाई सहजीकरण गर्ने सम्बन्धि निर्देशिका २०७७ जारी गरेको विज्ञप्तिमा जनाएका छन् ।

मन्त्री पोखरेलले सार्वजनिक शिक्षाको सवलीकरण सबैको साझा दायित्व भएको पनि बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.