अवैध हातहतियार बरामद

रिपोर्ट नेपाल | 2019 Mar 23 | 09:40 pm 3975

अर्घाखाँची, चैत ९ : मालारानी गाउँपालिका(३ गोयली गिद्धपोखरीबाट खिया लागेको अबस्थामा रहेको टुटु म्याग्नम २ थान र भरुवा बन्दुक ३ थान प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र ईलाका प्रहरी कार्यालय खन अर्घाखाँची र सशस्त्र प्रहरी बल गुल्म अर्घाखाँचीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले उक्त स्थानमा खान्तलासी गर्ने क्रममा उक्त टुटु म्याग्नम २ थान र भरुवा बन्दुक २ थान बरामद भएको हो ।

साथै सोही स्थानका कमल चौहानको खाली घरबाट थप १ थान भरुवा बन्दुक फेला पारी बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.