अवैध रुपमा भन्सार छलि गरी ल्याएका विभिन्न सामान बरामद

रिपोर्ट नेपाल | 2019 Mar 19 | 01:47 pm 1663

पर्सा, चैत्र ५ : वीरगंज महानगरपालिका–१६ ईनर्वा नजिकबाट करिब ३ लाख ५० हजार बराबरको रेडीमेड कपडाहरु र केराउ प्रहरीले बरामद गरेको छ ।

भारतबाट नेपालतर्फ भन्सार छलि गरी ल्याउँदै गरेको लेडिज कुर्ता १ सय १९ थान, थानको कपडा ९ थान, कुर्ता सुरुवाल ४ थान, सल ६ थान र नेपालबाट भारततर्फ लैजादै गरेको ११ बोरा केराउ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टालीले बरामद गरेको हो। बरामद गरिएका सामानहरु अनुसन्धानका लागि प्रहरीले वीरगंज भन्सार कार्यालय पठाएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.