अवैध मदिरा नियन्त्रण गर्न गाउँपालिकाले दियो प्रहरीलाई मोटरसाइकल

| 2019 Apr 20 | 02:47 pm 1062

गुल्मी, वैशाख ७ : गाउँमा अवैध मदिरा नियन्त्रण गर्नका लागि गुल्मी जिल्लाको एक स्थानीय तहले इलाका प्रहरी कार्यलयलाई मोटरसाइकल प्रदान गरेको छ ।

जिल्लाको सत्यावती गाउँपालिकाले गाउँमा मदिराका कारण धेरै झै झगडाहरु हुने गरेकोले त्यसलाई नियन्त्रण गरी शान्त गाउँपालिका बनाउन भन्दै इलाका प्रहरी कार्यलय खैरेनीलाई करिब दुई लाख ३५ हजार बराबरको १५० सीसीको पल्सर मोटरसाईकल हस्तान्तरण गरेको छ ।

सत्यावती गाउँपालिकालाई नमुना गाउँपालिका बनाउनका लागि पहिला गाउँमा अवैध मदिराहरु नियन्त्रण गर्न जरुरी रहेकाले र गाउँपालिका भित्र कुनै आगलागी, बाढी पहिरो र कुनै बिपतका घटना हुँदा समेत प्रहरीसंग साधन नभएकाले गाउँपालिकाले त्यस्ता घटनामा सहजता ल्याउनका लागि प्रहरीलाई मोटरसाईकलको व्यवस्था गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक कुमार बस्नेतले सत्यावती गाउँपालिकाले इलाका प्रहरी कार्यलय खैरेनीलाई मोटरसाईकल प्रदान गरेकोमा धन्यवाद दिदै प्रहरी अझै जनतामाझ पुग्न सहज भएको भन्दै गाउँमा गस्ती संगै गाउँमा हुने घटनाहरु सहजै रुपमा नियन्त्रण गर्न सकिने बताए । गाउँपालिकाले अवैध मदिरा नियन्त्रण गर्न, झै झगडाहरु कम गर्नका लागि लिएको नीतिमा पनि सहज पुग्ने उनको दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.