अवैध भन्सार छलिका सामान बरामद

रिपोर्ट नेपाल | 2019 Aug 20 | 10:27 pm 1877

बारा, भदौ ३: ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी गस्ती टोलीले अवैध सामाग्री बरामद गरेको छ ।

विभिन्न मिति र बिभिन्न स्थानबाट नेपालबाट भारत तर्फ लैजादै गरेका तथा भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्राएका करिब ३ लाख ५२ हजार ४ सय २० मुल्य बराबरको सामाग्री पक्राउ गरेको हो ।

समाग्रीहरूमा बिभिन्न रेडिमेड कपडा, किराना सामानहरु, सौफी, कस्तुरी (मदीरा) तथा उक्त मालसमान ओसारपसार गर्न प्रयोग गरिएका मोटर साईकल थान ६ समेत बरामद गरिएको थियो ।

बरामद भएका मालसमानहरू भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागी मंगलबार मुल भन्सार कार्यालय वीरगंज पर्सामा पठाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.