अण्डा र कुखुराको मासु खान डराउन नपर्ने चिकित्सकको सुझाब

रिपोर्ट नेपाल | 2019 May 03 | 10:44 am 2728

काठमाडौं, वैशाख २०: बर्डफ्लूका संक्रमणका कारण एक युवकको ज्यान गएपछि अण्डा र कुखुराको मासु खान उपभोक्ताहरु अलमलमा परेका छन् । तर, यस कुरालाई चिकित्सकले डराउन नपर्ने सुझाब दिएका छन्। मासु र अण्डा राम्रोसँग पकाएर खाएमा रोग नलाग्ने चिकित्सकको भनाई छ।

स्वास्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा विवेककुमार लालले कुखुराको मासु र अण्डा कम्तिमा ७० डिग्री सेल्सियस भएमा भाइरस मर्ने जानकारी दिए।

मासु काटकुट गरिसकेपछि हात राम्रोसँग साबुन, पानीले सफा गर्ने, मासु तयार गर्दा प्रयोग गरिएका भाँडाकुँडा, औजार र अचानोलाई राम्रोसँग सफा गरी निर्मलीकरण गर्नु पनि बर्डफ्लूको रोग संक्रमणबाट बच्ने उपाय भएको रोग नियन्त्रण महाशाखाका निर्देशक डा लालले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.