७ दशमलव २ रिक्टर स्केलको भूकम्प गयो

रिपोर्ट नेपाल | 2019 May 14 | 09:05 pm 429

काठमाडौंः (एजेन्सी) पपुवा न्यु गिनीको पूर्वी समुद्री किनार रबुलदेखि करिब ३३ किलोमिटर पूर्वलाई केन्द्रबिन्दू बनाएर ७ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको छ।

स्थानीय समय अनुसार मंगलबार बिहान ७ः २० मिनेट जाँदा भूकम्प गएको भौगर्भिक अध्ययन केन्द्र युएसजिएसले उल्लेख गरेको छ।

जमिनको सतहदेखि करिब १० किलोमिटरको गहिराइमा भूकम्पको केन्द्रबिन्दू रहेको युएसजिएसले उल्लेख गरेको छ। भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी समेत दिइएको छ।

भूकम्पबाट भएको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.