७ जना जुवाडे प्रहरी नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Sep 15 | 12:57 pm 48

बैतडी, भदाै ३०ः मंगलबार बिहान ७ जना जुवाडेलाई प्रहरीले ३४ हजार ९ सय नगदसहित  पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाटन नगरपालिका ८ का राजेश बिष्ट, पाटन नगरपालिका १० का अर्जुन बिष्ट, पाटन ८ कै भरत ऐर, पाटन ८ का मदनराज अवस्थी, पाटन १० का होटले साहु मनोजप्रसाद भट्ट, पाटन ९ का विरेन्द्र बिष्ट र सिगास गाउँपालिका २ का अर्जुन साउँद रहेका छन् ।

उनीहरुलाई पाटन नगरपालिका–८ खोड्पे बजारस्थित तृप्ती होटेलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

होटेलमा बसेर रातिको समयमा जुवातास खेलीरहेको भन्ने सूचनाका आधारमा प्रहरी नायव निरीक्षक चन्द्रराज गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रण लिएको बताइएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको र कानुन अनुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.