५ लाख घुससहित पक्राउ परेका मालपोत अधिकृतविरुद्ध मुद्दा दायर

| 2022 Apr 29 | 03:57 pm 353

धनुषा, बैशाख १६ः ५ लाख घुससहित पक्राउ परेका धनुषास्थित भूमिसुधार तथा मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख (मालपोत अधिकृत) सुनिल कुमार झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

जग्गा सम्बन्धी हक सफा मुद्दाको फैसला सुनाए वापत सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई चैत २८ गते पक्राउ गरेको थियो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९ सय १० को कसुर देखिएकाले विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र सोही ऐनको दफा ३ को उपदफा ९१० को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय मागदाबी लिएर मुद्दा दायर गरिएको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.