५१ लाख लिएर युरोप पठाई दिन्छु भन्दै भारत लगेर अलपत्र पार्ने पक्राउ

रिपोर्ट नेपाल | 2019 Jul 18 | 05:17 pm 84

काठमाडौं, साउन २ : आकर्षक तलबको कामका लागि युरोप पठाई दिने प्रलोभनमा मोटो रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।

विभिन्न व्यक्तिबाट ५१ लाख ५० हजार ठगी गरेको आरोपमा चितवन रत्ननगर नगरपालिका–४ देवौलीका नवीनकुमार चौधरीलाई महानगरीय अपराध महाशाखा टेकुको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो ।

काठमाडौंको धापासी बस्दै आएका चौधरीले वैदेशिक रोजगारको सिलसिलामा युरोप (वर्किङ) भिसामा आकर्षक तलब हुन्छ भनि विभिन्न प्रलोभन देखाइ पीडितलाई भारत पुर्‍याएर अलपत्र पारेर ठगी गरेको प्रहरीले जनाएको छ ।

ठगी गरी सम्पर्कविहीन भएका चौधरी विरुद्ध वसन्त केसीलगायत पीडितले जेठ २८ गते दिएको संयुक्त जाहेरीको आधारमा टोखा नगरपालिका–६ बाट उनलाई पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए । उनलाई अनुसन्धानका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.