४ सय ५५ जना प्रहरी हवल्दार प्रहरी सहायक निरीक्षकमा बढुवाका लागि सिफारिस

रिपोर्ट नेपाल | 2021 Feb 15 | 03:38 pm 289

काठमाडौं, फागुन ३ः प्रहरी प्रधान कार्यालयले ४ सय ५५ जना प्रहरी हवल्दारलाई प्रहरी सहायक निरीक्षकमा बढुवाका लागि सिफारिस गरेको छ ।

आइतबार साँझ बसेको बढुवा सिफारिस समितिको बैठकले ४ सय ५५ जना प्रहरी हवल्दारलाई असईमा बढुवाका लागि सिफारिस गरेको हो ।

उक्त सिफारिस प्रहरी नियमावली २०७१ (संशाेधन सहित) काे नियम २७ काे उप–नियम ४ काे प्रावधान अनुसार गरिएकाे बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.