४ वर्षीय बालकले बन्दुक चलाउँदा ६ वर्षीया दिदीको मृत्यु

रिपोर्ट नेपाल | 2019 Apr 15 | 06:04 pm 47

काठमाडौँ, वैशाख २ : अमेरिकामा चार वर्षीय बालकले बन्दुक चलाउँदा उनका ६ वर्षीया दिदीको मृत्यु भएको छ। मृत बालिकाको नाम मिलि ड्रिउ केली रहेको जनाइएको छ।

गत सोमबार जर्जिया राज्यमा यस घटना भएको हो। आमासहित दुई बालबालिका बेसबल खेल हेर्न जान लागेका थिए।

घर अगाडि कार पार्किङ गरिएको थियो। कार नचलेपछि आमा कार बाहिर थिइन्। सोही समयमा बालकले कारको कन्सोलबाट बन्दुक झिकेर खेलाउन थालेको थिए।

तर झुक्किएर ट्रिगर दाबिएपछि बन्दुकको गोलीले उनका ६ वर्षीया दिदीलाई लागेको प्रहरीको भनाइ छ।

बालिकालाई चाँडै एटलान्ट क्षेत्रको अस्पतालमा भर्ना गरिएपनि डाक्टरले उनको मृत्यु भएको घोषणा गरेका थिए।

अमेरिकामा लाइसेन्स भएपछि बन्दुक राख्न पाइने कानुनी प्रावधान छ। प्रहरीेले सर्वसाधारणलाई बन्दुक लोड गरेर नराख्न सुझाव दिएका छन्।

बालबालिकाबाट समेत बन्दुक टाढा राख्न प्रहरीले जानकारी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.