२ लाख घुस रकम सहित सहायक वन अधिकृत र कार्यालय सहयोगी पक्राउ

| 2020 Feb 13 | 07:13 pm 145

नवलपरासी, फागुन १: डिभिजन वन कार्यालय नवलपरासीका सहायक वन अधिकृत र कार्यालय सहयोगी घुस रकमसहित अख्तियारले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सहायक वन अधिकृत कृष्णबहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोदकुमार तेली रहेका छन् । उनीहरूलाई  २ लाख रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियारले जानकारी दिएको हाे ।

आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले कावासोती नगरपालिका–८ स्थित डिभिजन वन कार्यालय, नवलपुरबाट उक्त रकम घुस लिइसकेको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिएको हो ।

टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा देवकोटा र तेलीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.