२२ वर्षदेखि फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2019 Mar 06 | 09:15 pm 53

बारा, फागुन २२ :  सवारी ज्यान मुद्दामा विगत २२ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–७ का कमरूदिन मियां अन्सारी रहेका छन् ।

उनलाई बारा जिल्ला अदालत कलैयाले २०५३ साउन १३ गतेको फैसला सदर हुने ठहरी पुनरावेदन अदालत हेटौडाबाट २०५४ जेठ १२ गतेको आदेशले सवारी ज्यान मुद्दामा ४ महिना कैद र ५ सय जरिवाना फैसला गरे पश्चात् फरार रहेका थिए ।

मियां अन्सारीलाई हिजो २१ गते मंगलबार ईलाका प्रहरी कार्यालय सिमरा,बाराबाट खटिएको प्रहरी टोलीले लुकी छिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी बारा जिल्ला अदालतमा पेश गरेको थियो । पेशपछि आदेश बमोजिमको कैद भुक्तानको लागि कारागार कार्यालय वीरगंज पठाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.