१ थान चितुवाको छाला सहित तीन जना पक्राउ

| 2022 Apr 27 | 07:27 pm 317

सुर्खेत, बैशाख १४ः वीरेन्द्रनगर नगरपालिका-१० बसपार्कस्थित होटलबाट १ थान चितुवाको छाला सहित सोही नगरपालिका-१४ दर्नाकोट बस्ने २३ वर्षीय अम्मर थापा लगायत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त होटलमा चितुवाको छालाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.