१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने २ जनालाई १२/१२ वर्ष कैद

रिपोर्ट नेपाल | 2019 Jul 09 | 09:33 am 46

दाङ, असार २४ : दाङ देउखुरी जिल्ला अदालत दाङले सामूहिक बलात्कारको मुद्दामा दोषी ठहर गर्दै दुईलाई १२/१२ वर्ष कैद फैसला गरेको छ ।

अदालतका न्यायाधीश हेमन्त रावतको इजलासले तुलसीपुर उपमहानगरपालिका–३ का २७ वर्षीय इन्द्रबहादुर थापा र सोही ठाउँका ३१ वर्षीय थम्मन भन्ने गुरुप्रसाद पुनलाई १२/१२ वर्ष कैद फैसला सुनाएको हो ।

उनीहरुलाई १४ वर्षीया एक बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै १२/१२ वर्ष कैद र पीडितलाई दुवैबाट रु ५०/५० हजार क्षतिपूर्ति भराउने फैसला भएको ।

विसं २०७१ असार २३ गते बालिकालाई बलात्कार गरी सोही दिनदेखि दुवै फरार थिए । फरार दुवैलाई विसं २०७५ पुस १८ गते प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.