१४ लाख घुससहित प्रमुख कार्यकारी अधिकृत पक्राउ

| 2020 Aug 01 | 01:33 pm 58

काठमाडौं, साउन १७ः दाङ तुल्सीपुर उपमहानगरापालिकाका प्रमुख कार्यकारी अधिकृत कृष्णकान्त उपाध्यायलाई १४ लाख घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

उनलाई टोलीले शुक्रबार बेलुका काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको हो ।

अख्तियारको टोलीले उपाध्यायको साथबाट १४ लाखमध्ये १ लाख १४ हजार पैसा र बाँकी बैंकमा डिपोजिट स्लिप बरामद गरेको आयोगले जनाएको छ ।

टोलीले उनलाई शुक्रबार बुटवलदेखि पिछा गर्दै आएको थियो । अख्तियार अधिकारीका अनुसार अनुसन्धान गरी उनीमाथि आरोपपत्र दायर गरिने बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.