१२ वटा माइक्रोबसमा आगलागी

रिपोर्ट नेपाल | 2020 Jul 05 | 09:42 am 78

काठमाडौं, असार २१ः आइतबार बिहान काठमाडौंको नयाँ बसपार्कमा एकै ठाउँमा रोकी राखेको १२ वटा माइक्रोबस जलेको छ ।

ग्यारेजभित्र रहेको माइक्रोबसमा बिहान ३ बजेतिर आगलागी हुँदा ८ वटा माइक्रोबस पूर्ण रुपमा जलेको र ४ वटा माइक्रोबस आंशिक रुपमा जलेको प्रहरीले बताएको छ । आगलागीको कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बा २ ख ४१७९, बा ४ ख २२६४, बा ३ ख ९००३ र बा १ ज ९६०० नम्बरको माइक्रोबस आंशिक रुपमा जलेको छ । यस्तै बा २ क २०८०, बा १ ज ९६०६, बा १ ज ९४९८, बा २ छ १०९६, बा ३ ख ८५८९, बा ४ ख २४० र ग १ ज २०४६ नम्बरको माइक्रोबस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.