११ वर्षदेखि फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 06 | 07:20 pm 81

बारा, असार २२ः ११ वर्षदेखि फरार रहेका कर्तव्य ज्यान मुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेमा हाल कलैया उपमहानगरपालिका वडा नं १८ मा बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक) रहेका छन् ।

उनले २०६६ बैशाख १७ गते बारा जिल्ला साबिक गाविस फेटा वडा नं १ स्थितमा रहेको नेरा मावि फेटाका शिक्षक प्रदिप कुमार तिमिल्सीनालाई विधालयबाट घर फर्किने क्रममा सडकमा तिलक भनिने नन्दु बैठा, अग्नि भनिने सुनिल जैसवाल, बिजय पटेल र रामनारायण सहनी समेतले गोली प्रहार गर्दा शिक्षकको घटनास्थनमै मृत्यु भएको थियो ।

उक्त कर्तव्य ज्यान मुद्दाका मुख्य अभियुक्त तिलक भनिने नन्दु बैठा हालसम्म फरार रहेका थिए ।

संलग्न अभियुक्तहरु मध्ये जिल्ला बारा गंजभवानीपुर वडा नं ३ का सुनिल जैसवाल (अग्नि) लाई २०७० साउन २४ गते पक्राउ गरेका थियो । त्यस्तै जिल्ला बारा फेटा गाविस वडा नं १ का बिजय पटेललाई २०७३ पुस ५ गते पक्राउ गरी अनुसन्धान पश्चात सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएकोमा सुनिल जैसवाल (अग्नि) लाई सर्वस्वसहित जन्म कैद हुने ठहरी फैसला भएको र बिजय पटेल मुद्दा पुर्पक्षमा कारागार कार्यालय वीरगंजमा रहेका छन् ।

बारा जिल्ला अदालतमा मुद्दा मुलतबिमा रहि ११ वर्ष देखि फरार रहेका हत्यामा संलग्न मुख्य अभियुक्त नन्दु बैठा आफ्नो गाउँघरमा प्रवेश गरी लुकिछिपि बसेको भन्ने विशेष सुराकिको आधारमा आज मिति २०७७ असार २२ गते विहान जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

निज अभियुक्त तिलक भनिने नन्दु बैठालाई आफ्नै गाउँघरमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरी यस कार्यालयमा ल्याइ आवश्यक प्रकृया पुर्‍याई सम्मानित बारा जिल्ला अदालतमा पेश गरिएको छ ।

अवैध लागूऔषध गाँजा सहित १ जना पक्राउ

इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरी टोलीले बारा जितपुरसिमरा उप महानगरपालिका वडा न ५ स्थितमा पर्ने बकुलिया र आमाटार गाउँको बिचमा पर्ने दुधौरा खोलाबाट एक जनालाई अवैध लागूओषध गाँजासहित पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा बारा जितपुरसिमरा उप महानगरपालिका वडा न ८ लोसण्डाका २८ वर्षीय पाचु पासवान रहेका छन् । उनको साथबाट लागूऔषध गाँजा ७ किलो ५ सय ग्राम बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई सम्मानित बारा जिल्ला अदालतबाट दिन ५ को म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको बताइएको छ।

मास्क प्रयोग नगर्ने १ सय २ जना प्रहरी नियन्त्रणमा

यस्तै बारामा पनि माक्स नलगाई हिँडडुल गर्ने १०२ जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार बिनामास्क व्यवसाय सञ्चालन गर्ने व्यापारी, सवारी चालक, पैदलयात्रीसहितलाई पक्राउ गरिएको हो।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण नियन्त्रण र रोकथामका लागि परिचालित प्रहरीले बिनामास्कका व्यक्तिलाई पक्राउ गरेको हो।

संक्रमणबाट बच्न र बचाउन तथा प्रकोप नियन्त्रण(न्यूनीकरण गर्न प्रचार प्रसार तथा जिल्ला प्रशासन कार्यालयले निर्देशन दिए पनि अटेर गरेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

पक्राउ परेकालाई संक्रामक रोग ऐन २०२० अनुसार जिल्ला प्रशासन कार्यालय बारामार्फत प्रतिव्यक्ति सय रुपैयाँ जरिवानापछि रिहा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.