१० किलो अफिम सहित २ जना पक्राउ

| 2020 Sep 14 | 04:36 pm 51

बाँके, भदाै २९ः साेमबार जिल्ला प्रहरी कार्यालय बाँकेले १० किलो अफिम सहित २ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा रुकुम पुथा उत्तरगंगा गाउँपालिका ८ का ५३ बर्षीय धन बहादुर सेन  र दाङ घोराही उपमहानगरपालिका १९ का २४ बर्षीय बसन्त घर्तिमगर रहेका छन् ।

दाङदेखि बाँके आउने क्रममा राप्ती सोनारीगाउँपालिका १ कुशुमबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।उनीहरुको झोला खानतलासी गर्दा १० किलो लागुऔषध अफिम बरामद गरिएको हो ।

प्रहरीका अनुसार उनीहरुले लुकाई छिपाई बाँके जिल्लामा ल्याईरहेको लागुऔषध अफिम कुशुम बजारमा विशेष सुचनाको आधारमा नियन्त्रणमा लिईएकोमा सोमवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेकाे प्रहरीले जनाएको छ ।

शंकास्पद हिडिरहेका उनीहरूलाई चेकजाँच गर्ने क्रममा सेनले बोकेको झोला भित्र रहेको प्लाष्टिकको पोका बनाई राखेको १० पोका अफिममा तौल १० किलो रहेको बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले बताए ।

उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ (छ) को उपदफा (३) बमोजिम १५ बर्ष देखि जन्मकैद र ५ लाख देखि २५ लाखसम्म जरिवाना हुन सक्ने प्रहरीले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.