हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

रिपोर्ट नेपाल | 2019 Aug 13 | 03:51 pm 24

हुम्ला, साउन २८ : हुम्लाको चङ्खेली गाउँपालिकाकी एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरी अस्पताल पुर्‍याइएको छ । चङ्खेली गाउँपालिका–३ की २२ वर्षीया कत्ती बुढाले सुत्केरी व्यथा लागेर चार दिनदेखि बच्चा जन्माउन नसकेपछि उपचारका लागि हुम्ला जिल्ला अस्पतालमा हेलिकप्टरबाट लगिएको हो ।

महिला मन्त्रालयसँग समन्वय गरेर उनको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले जानकारी दिनुभयो । बुढालाई जिल्ला अस्पताल पुर्‍याएसँगै त्यहाँका चिकित्सक सरो प्रजापति, जेष्ठ अनमी सरिता बोहरालगायतको टोलीले शिशु जन्माउन सहयोग पुर्‍याएको जेष्ठ अनमी बोहराले जानकारी दिए । अहिले आमा र शिुशु दुवैको अवस्था राम्रो भएको उनको भनाइ थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.