हुम्लामा रोकिएन हिमपात, एसईई दिने परीक्षार्थीलाई समस्या

| 2019 Mar 26 | 09:16 am 32

हुम्ला, चैत्र १२ : चैत्रको दोस्रो साता हुम्लामा पुनः भारी हिमपात भएको छ । गत पुस, माघ, फागुनमा लगातार हिमपात भई त्यहाँका जनजीवन कष्टकर बनेको थियो । केही साता यता रोकिएको हिमपात पुनः चैत्रको दोस्रो साता हिमपात भएको छ ।

हिमपातका कारण गत आइतबार देखि सुरु भएको एसईई परीक्षा दिने परीक्षार्थीलाई समस्या बनाएको छ । हिमपातले हुम्ला सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्राध्यक्ष अमरबहादुर शाहीले बताए ।

सोमबार दिनभरी पानी परेर मंगलबार बिहान देखि हिमपात सुरु भएको शाहीले जानकारी दिए । चैत्र १० गतेबाट सञ्चालन भएको एसईई परीक्षा दिने परीक्षार्थीलाई हिमपातले गर्दा चिसो भई लेख्न समस्या बनाएको छ । सोमबार देखि मौसम बदलिएसँगै मंगलबार बिहानबाट हिमपात भएको शाहीले बताए ।

जिल्लाको बेँसी भेगतिर पानी परिरहेको तर, उत्तरी नाम्खा गाउँपालिकामा बढी हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिए। बिहानदेखि नै हिमपात हुँदा तापक्रम माइनसमा झरेको प्रहरीले जनाए । यस वर्षको एसइईमा हुम्ला जिल्लाबाट ९ सय ५३ जना विद्यार्थी परीक्षा मा नियमित सहभागी रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.