हिरासतमै प्रहरीको कुटाईबाट बालकको मृत्यु

| 2021 Feb 19 | 07:24 am 269

जुम्ला फागुन ७ : जुम्लामा प्रहरीको कुटाइबाट १४ वर्षिया बालकको मृत्यु भएको छ । गुठीचौर गाउँपालिका ३ ग्रज्यांकोटका १४ वर्षीय पदम बुढाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । मृतक बुढा सहित उनका ७ जना साथीहरुलाई माघ १८ गते मोवाईल चोरीको आरोपमा प्रहरीले पक्राउ परेको आजको राजधानीमा मान बाहादुर कुँवरले समाचार लेकेहेका छन्। सोधपुछको क्रममा प्रहरीले शारिरिक तथा मानसिक यातना दिएपछि मृतक वालक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररथ रहेको पनि कुँवरले उल्लेख गरेका छन्।

प्रहरीको कुटाइबाट बालकको मृत्यु भएपछि बिहिबार स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ गर्दा खलंगामा तनाव ग्रस्त भएको थियो । कानुनी राज्यमा प्रहरीको कुटाईबाट बालकले ज्यान गुमाउन वाध्य हुनु विडम्बनाको कुरा भएको पिडित पक्षको भनाई छ । स्थानीयले यथाशिघ्र दोषिमाथि कार्वाहि गरि क्षतिपुर्तिको माग गरेका छन् । ‘अरुलाई न्याय दिने प्रहरीको कुटाइबाटै मृत्यु हुन्छ,भने न्याय माग्न कहाँ जाने’ स्थानियले प्रश्न गरे ।

राज्यकै निकायबाट भुल भएकोले गृहमन्त्रालयबाटै छानबिन समिति आउने प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताएका छन् । वालकमाथि कुटपिट गर्ने प्रहरीलाई निलम्वन गरिने प्रजिअ थापाले बताए । पिडितलाई क्षतिपुर्तिको लागी समेत पहल गर्ने प्रजिअ थापाको भनाई रहेको छ । ‘प्रहरीको मानसिक र शारिरिक यातनापछि स्वास्थ्यमा समस्या देखिएको र उपचारको क्रममा मृत्यु भएको प्रहरीले स्वीकार गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.