हत्या गरेको अभियोगमा एक जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Jul 26 | 08:26 am 44

झापा, साउन ११ः दाउ प्रहार गरी एक व्यवसायीलाई हत्या गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम प्रहरीले गोप्य राखेको छ ।

जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी रोकश थापाका अनुसार प्राविधिक पक्षको विश्लेषणका आधारमा उनलाई बाहुनडाँगी बजारबाट पक्राउ गरिएको हो ।

उनले नजिकै रहेको आफन्तको घरबाट दाउ ल्याएर मेचीनगर नगरपालिका–२, भृकुटीमा कपडा सञ्चालन गर्ने व्यवसायी नारायण आचार्यको हत्या गरेको प्रहरी दाबी छ । यद्यपि, अपराधमा प्रयोग भएको हतियारको फरेन्सिक जाँच बाँकी नै छ ।

आइतबार जिल्ला अदालत, झापाबाट ज्यान सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान थाल्ने प्रहरी तयारी छ । हालसम्म झापा प्रहरीले हत्याको कारणबारे पनि खुलाएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.