हत्याको अभियोगमा तीन पक्राउ

रिपोर्ट नेपाल | 2020 Oct 17 | 07:23 am 35

सिन्धुपाल्चोक, कात्तिक १ः ज्यान मारेको अभियोगम प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लितपुर महानगरपालिका ८ बालकुमारी बस्ने १९ वर्षीय ज्यास्मिन व्यञ्जनकार, १९ वर्षीय शीतल महर्जन र धादिङ थाक्रे गाँउपालिका १० केवलपुर स्थायी घर भई ललितपुर महानगरपालिका ८ बालकुमारीमा कोठा बस्ने १९ वर्षीय सौरभ क्षेत्री रहेका छन् ।

उनीहरूले चौतारा साँगाचोकगढी ३ भलायोखर्ककी ६७ वर्षीय डम्बरकुमारी कटुवाललाई मारेको अभियोगमा प्रहरीले शुक्रबार तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी प्रहरी नायव निरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

कटुवालको शव यही असोज २६ गते उनकै निवासमा फेला परेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.