स्थानीय तह शहिद स्मृति गोल्ड कप तेश्रो संस्करण-२०७७ मा त्रिभुवन आर्मी क्लब विजयी

| 2021 Mar 21 | 08:30 pm 337

मकवानपुर, चैत ८ः जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा फागुन २७ गतेदेखि चैत ७ गतेसम्म हेटौंडामा संचालन भएको स्थानीय तह शहिद स्मृति गोल्ड कप तेश्रो संस्करण-२०७७ मा त्रिभुवन आर्मी क्लब विजयी भएकाे छ ।

विजयी भएकाे त्रिभुवन आर्मी क्लबले प्रथम पुरस्कार स्वरूप १० लाख प्राप्त गरेको छ । उक्त प्रतियोगितामा देहाय बमोजिमका खेलाडीहरु उत्कृष्ट हुन सफल भएका छन् ।

टेक बहादुर बुढाथोकी म्यान अफ दि म्याच  १० हजार, विवश चौधरी उत्कृष्ट गोलरक्षक २५ हजार, दिपक गुरुङ्ग उत्कृष्ट डिफेण्डर २५ हजार, सेसेहाङ्ग आम्देम्बे उत्कृष्ट मिडफिल्डर २५ हजार र नविन न्यौपाने उत्कृष्ट प्रशिक्षक २५ हजार प्राप्त गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.