स्कारपियोको ठक्करबाट मोरङमा तीन जनाको मृत्यु

रिपोर्ट नेपाल | 2020 Jun 26 | 12:22 pm 31

मोरङ, असार १२ः गएराति पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी खण्डमा स्कारपिओ गाडीको ठक्करबाट तीनजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार पाँचथरको फिदिम नगरपालिका २ का ३८ वर्षीय गजेन्द्रबहादुर गुरुङ र झापा बाह्रदशी गाउँपालिका ४ का ३१ वर्षीय लोकेन्द्रबहादुर लिम्बु र पैदल यात्री अन्दाजी ४५ वर्षीया महिला रहेकी छन् । उनको पहिचान खुल्न बाँकी रहेको छ ।

झापाको दमकबाट इटहरीतर्फ आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कारपिओले पैदल हिँडिरहेकी महिलालाई ठक्कर दिएको हो ।

सोही गाडी अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलीप गिरीका अनुसार पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका ७ खण्डमा बिहीबार राति पैदलयात्रीलाई ठक्कर दिएको स्करपियोले मोटरसाइकललाई ठक्कर दिएको जानकारी दिए ।

गुरुङको नोबेल मेडिकल कलेज र लिम्बुको उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि स्कोरपिओका चालक सुनसरीको इटहरी उपमहानगरपालिका ४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.