स्कारपिओ गाडीले ठक्करबाट सञ्चारकर्मीकाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Nov 17 | 08:53 am 46

दाङ, मंसिर २ः सवारी दुर्घटनामा परी साेमबार तुलसीपुर उपमहानगरपालिका –१९ बिजौरी निवासी सञ्चारकर्मी मनिषा लामिछानेको  मृत्यु भएको छ ।

उनी कार्यरत रेडियो हाम्रो पहुँचमा आउँदै गरेको रा १ प ६७२१ नम्बरको मोटरसाइकललाई तुलसीपुरको गुल्म चोकमा  स्कारपिओ गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक विराज लामिछाने र उनकी बहिनी मनिषा घाइते भएका थिए ।

दुवैलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको थियो । मनिषाको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

मनिषा दाङको तुलसीपुरबाट प्रसारण हुने रेडियो हाम्रो पहुँचमा सहायक प्राविधिक पदमा कार्यरत थिइन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले ठक्कर दिने गाडी र चालक अहिले नियन्त्रणमा रहेको बताए । घाइते बिराजको भने कोहलपुरमै उपचार भइरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.