सेफ्टीट्याङ्की सफा गर्ने दुई मजदुरको मृत्यु

रिपोर्ट नेपाल | 2019 Apr 10 | 12:48 pm 45

बाँके, चैत्र २७ : कोहलपुरस्थित एक घरको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा दुई मजदुरको ज्यान गएको छ ।

ज्यान जानेमा कोहलपुर नगरपालिका–६ रझेना निवासी ५० वर्षीय कुमार थारू र चेतराम थारू रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।

कोहलपुर नगरपालिका–११ पिपल चौतारा नजिकै रामप्रसाद सिग्देलको घरमा रहेको शौचालयको सेफ्टीट्याङ्की सफा गर्ने क्रममा ती दुई मजदुरको मृत्यु भएको हो ।

सेफ्टीट्याङ्की सफा गर्न भित्र गएका उनीहरुको अक्सीजनको कमीले निसास्सिएर मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ।

मृतक दुबैको शव सेफ्टीट्याङ्की फोडेर निकालिएको छ । मृतकको शव परीक्षणका लागि भेरी अस्पतालमा लगिएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.