सूर्यविनायक–कोटेश्वर सडक खण्डमा सवारीको प्रकृति अनुसारको लेन परिवर्तन

रिपोर्ट नेपाल | 2020 Feb 26 | 05:13 pm 104

भक्तपुर, फागुन १४: बुधबार देखि सूर्यविनायक–कोटेश्वर सडक खण्डमा चल्ने सवारी साधनको लेन परिवर्तन भएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र ट्राफिक महाशाखाका प्रमुख भिम ढकालले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रमलाई सम्बोधान गर्दै सीडीयो पाण्डेले सडक दुर्घटना न्युनिकरण तथा सवारी व्यवस्थापनको लागि ट्राफिक उज्यालो अभियानले ल्याएको लेन परिवर्तन योजना एकदमै राम्रो उपाय भएको र यस योजनाले जडीबुटी र कोटेश्वरको जाम न्युनिकरण हुने आशा व्यक्त गरे ।

त्यसैगरी एसएसपी ढकालले उपत्यकाको सवारी आवागमनलाई सहजता ल्याउन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सूर्यविनायक–कोटेश्वरको लेन परिवर्तन गरिएको बताए ।

आजको दिनबाट यात्रुवाहक तथा मालवाहक सवारी साधन र कम गतिमा गुड्ने सवारी साधनहरू एकतर्फी बायाँ लेनबाट र निजी तथा साना सवारी साधनहरू सधैँ दाहिने लेनबाट मात्र चलाउन मिल्ने गरी लेन परिवर्तन भएको जानकारी दिए ।

यास्तो किसिमको सिस्टम अन्तर्राष्ट्रिय ट्राफिक नियम छ । उक्त उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, जिल्ला सुरक्षाकर्मी, समाजसेवी, वुद्धिजिवी, स्थानीयबासीलगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.